गृहपृष्ठ सरकार लागायाे सय भन्दा माथिका भारतीय नोटमाथि प्रतिबन्ध

सरकार लागायाे सय भन्दा माथिका भारतीय नोटमाथि प्रतिबन्ध

काठमाण्डौ: नेपाल सरकारले एक सय भन्दा ठुला भारतीय नोटको कारोबारमा प्रतिबन्ध लगाएको छ । बिहिबार सार्बजनिक मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

अबदेखि सर्वसाधारणले दुइ सय, पाँच सय र दुइ हजार दरका भारतीय नोट राख्न पाउने छैनन् । यदि कसैले सय भन्दा माथिका नोट राखे त्यसैलाई गैरकानुनी मानिने छ ।

भारतीय नोट प्रतिबन्ध
भारातीय नोट

मन्त्रिपरिषदको निर्णय सुनाउदै सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्रि गोकुल बास्कोटाले अब देखि नेपालमा सय भन्दा माथिका नोटहरू प्रतिबन्ध भएको जानकारी दिए ।

एक हजार भन्दा माथि दरका नोटहरु सरकारले यस अघि नै प्रतिबन्ध लगाइसकेको छ । बैठकमा भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरू साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरू चलनचल्तीमा नल्याउन र नराख्न सुचना प्रकाशन गर्ने समेत निर्णय भएको संचारमन्त्रि बास्कोटाले जानकारी दिएका छन् ।

मङ्सिर २८, २०७५ मा प्रकाशित

हाम्रो भिडियो हेर्नुहोस् 

प्रकाशित समय २०७५ मंसिर २८ गते शुक्रवार ०२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु