गृहपृष्ठ अन्ततः काँग्रेसको पदाधिकारी विवाद सुल्झियो

अन्ततः काँग्रेसको पदाधिकारी विवाद सुल्झियो

धेरै माथापच्चीसीपछि नेपाली काँग्रेसको पदाधिकारी विवादको समस्या सुल्झिएको छ । नयाँ सहमति अनुसार अबको काँग्रेसमा ९ जना पदाधिकारीहरू रहनेछन् ।

नयाँ सहमति भएसँगै कोषाध्यक्ष र प्रवक्ता बाहेकका अन्य सबै पदाधिकारीहरू निर्वाचन मार्फत चुनिने छन् । पार्टीमा लामो समयदेखि दुई गुटमा देखिएका पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ जना राख्न सहमत भएका छन् ।

३ पदाधिकारीहरू २-२ जना राख्ने देउवाको प्रस्तावमा सहमति जुटेपछि निर्वाचन पद्धतीमा पौडेलको राख्दै आएको अडानमै सहमति गर्न देउवा बाध्य भएका हुन् ।

आगामी महाधिवेशनमा सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री सबै निर्वाचित भएर आउनेछन् । कोषाध्यक्ष र प्रवक्ता मात्रै सभापतिले मनोनित गर्नेछन् ।

देउवा र पौडेल पक्षबीचमा भएको सहमतीलाई केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि विधान संशोधन महासमिति बैठकमा पेश हुनेछ । यही विधान संशोधनको विषयलाई लिएर महासमिति बैठकमा माइक खोसाखोस समेत भएको थियो ।

हाम्रो भिडियो हेर्नुहोस् 

प्रकाशित समय २०७५ पुस ३ गते मंगलवार २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु