गृहपृष्ठ मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ दिन विज्ञहरुको सुझाब

मेलम्चीको बाँकी काम ‘स्वदेशी ठेकेदारलाई’ दिन विज्ञहरुको सुझाब

इटालियन कम्पनि (सिएमसी) ले मेलम्चीको काम अधुरै छोडेर जाने निर्णय गरेपछि अलपत्र अवस्थामा रहेको मेलम्ची खानेपानी आयोजनाको बाकी काम स्वदेशी ठेकेदारलाई सुम्पिन विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । विज्ञहरुले अलपत्र अवस्थामा रहेको उक्त आयोजनाको टेण्डर प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई नै जिम्मा लगाएर आयोजना चाडै नै सम्पन्न गर्नुपर्ने धाराणा राखेको छन् ।


डेडवर्कस् भेन्टिलेसन लगायतका काम स्वदेशी ठेकेदारले नै गर्न सक्ने उनीहरुले उल्लेख गरेका छन् । खानेपानी मन्त्रालय र मेलम्ची विकास समितिले सोमबार र मंगलबार दुई दिन प्रयास गर्दा पनि इटालियन ठेकेदार कम्पनि (सिएमसी) काम गर्न तयार नभएपछी मेलम्ची आयोजना अनिश्चित भएको छ । आयोजनाका पदाधिकारीलाई जानकारी नदिई सोमबार नेपाल छाड्न लागेका सिएमसीका प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेचोसहित र अधिकारीलाई प्रहरीले रोकेको थियो ।

सिएमसी कम्पनिका अधिकारीले कम्पनि आर्थिक रुपमा टाट पल्टेकाले बाँकी काम अघि बढाउन नसकिने अडान राखेका थिए ।

आयोजनाको ९० प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको मन्त्रालयले उल्लेख गरेको छ । चिनियाँ ठेकेदार कम्पनिले ८ बर्षमा जम्मा साढे ६ किमी सुरुंग मात्र खानेपछी चिनियाँ कम्पनि सँग ठेक्का तोडी इटालियन कम्पनि सिएमसीलाई २०७० असारमा ७ अर्ब ६२ क रोडमा ठेक्का दिएको थियो ।

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु