गृहपृष्ठ विकासमा नेतृत्व गर्नसक्ने जनशक्ति उत्पादन गर्नसक्ने पाठ्यक्रम पुनरावलोकन हुनुपर्छ: ओली प्रधानमन्त्री

विकासमा नेतृत्व गर्नसक्ने जनशक्ति उत्पादन गर्नसक्ने पाठ्यक्रम पुनरावलोकन हुनुपर्छ: ओली प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहले पनि राष्ट्रिय शिक्षा नीति अनुसारकै नीति अपनाउनुपर्ने बताएका छन् । बिहीबार राजधानीमा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले गरेको शिक्षा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

kp oli sharma

तीनै तहको सरकार भएपनि प्रदेश र स्थानीय सरकारले केन्द्र सरकारकै नीति अपनाउनुपर्ने ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय शिक्षा नीतिको अवलम्बन गरेर स्थानीय तहले पनि शिक्षासम्बन्धी नीति नियम बनाउनुपर्ने उल्लेख गरेका छन् । अहिलेको अवस्थामा पनि कतिपय बालबालिका बिद्यालय बाहिर रहेको भन्दै ओलीले विद्यालय भर्ना गराउने केन्द्र सरकारको अभियानलाई प्रदेश र स्थानीय सरकारले समेत सहयोग गर्नुपर्ने बताएका छन् ।

नेपाललाई विकासमा नेतृत्व दिनसक्ने जनशक्ति आवश्यक परेकाले सोही अनुसारका विषयविज्ञहरू उत्पादन गर्ने तरिकारले शिक्षाको पाठ्यक्रम र विषयलाई पुनराबलोकन गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् । कार्यक्रममा शिक्षा आयोगका अध्यक्ष तथा शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन सोच पूरा गराउन सरकारले सुरुका वर्षमा कुल बजेटको २५ प्रतिसत बजेट शिक्षाका लागि छुट्याउनुपर्ने आवश्यकता रहेको औँल्याए ।

गएको साउन ३२ गते उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको गठन भएको थियो । आयोगले नयाँ संरचना अनुसार शिक्षाको विकासका लागि अबलम्बन गर्नुपर्ने नीति तथा योजना सहितको मस्यौदा सुझावका लागि सम्मेलनमा प्रस्तुत गरेको छ । उक्त सम्मेलन शुक्रबार सकिने छ ।

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु