गृहपृष्ठ यसरि गरियो प्रदेश सभा सांसद उत्तरकुमार ओलीको अन्तिम दाहसंस्कार

यसरि गरियो प्रदेश सभा सांसद उत्तरकुमार ओलीको अन्तिम दाहसंस्कार

प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य उत्तरकुमार ओलीको आज अन्तिम दाहसंस्कार ओलीको गृहजिल्ला दाङको बागरखोलामा गरिएको छ ।

गत माग २४ गते सवारी दुर्घटनामा परि घाइते भएका ओलीको शुक्रबार काठमाण्डौको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

ओलीले गत भएको निर्बाचनमा  दाङ जिल्ला क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभाका लागि सांसद पदमा विजय भएका थिए ।

शुक्रबार हेलिकप्टर मार्फत गृहजिल्ला पुर्याइएका ओलीलाई आज मात्र अन्तिम दाहसंस्कार गरिएको हो  । ओलीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रतिनिघी सभाका सभामुख कृष्ण बहादुर महरा, प्रदेश नम्बर ५ का प्रदेश सभा सभामुख पूर्ण बहादुर घर्ति लगाएतका केन्द्रिय स्तरका नेताहरुको उपस्थिति रहेको थियो ।

उपस्थित नेताहरुले ओलीको दुखद निधनले दाङ जिल्लाले एक बिकाश प्रेमी नेता गुमाएको बताएका थिय । सानै उमेर देखि दाङ को विकासको लागि निरन्तर रुपमा योगदान दिएको बताउदै उनले गरेको कार्यलाई कहिले पनि भुल्न नसकिने बताए ।

प्रकाशित समय २०७५ फागुन ११ गते शनिवार १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु