गृहपृष्ठ सीके रावतले गठन गरे “जनमत पार्टी”

सीके रावतले गठन गरे “जनमत पार्टी”

स्वतन्त्र मधेसको माग राख्दै लामो समय देखि तराईमा आन्दोलन गर्दै आएका डा. सिके रावतले “जनमत पार्टी” गठन गरेका छन् ।

केहि दिन अघि जेल बाट रिहा भएका रावतले सरकार संग ११ बूदे सहमति गरेर तराई पसेका थिए । आइतबार देखि सिरहाको लहानमा  सिके रावतको नेतृत्वमा बसेको केन्दीय बैठकले यो भन्दा अगाडी रावतकै अध्यक्षतामा रहेको स्वतन्त्र मधेस गठनबन्धनलाई नै रास्ट्रिय पार्टी बनाउने घोषणा गरेको हो ।

राउतको अध्यक्ष्यतामा ३५ सदस्सीय केन्दीय कार्यसमिति बनाउने निर्णय गरेको हो । कार्यसमितिमा भने १० जना महिला, जनजाति, दलित, अल्पसंख्यक प्रतिनिधित्व हुने गरि मनोनित गर्न सिके रावतलाई नै जिम्मा लगाएको छ ।

 कार्यसमितिमा स्वतन्त्र मधेसको आन्दोलनमा विशिष्ट योगदान पुर्याउने नेता, कार्यकर्ता, र शुभचिन्तकलाई बिशेष प्राथामिकता दिने उल्लेख गरिएको छ  ।

११ बुधे सहमतिमा सरकारका तर्फबाट नेपाल सरकारका गृहमन्त्रि र स्वतन्त्र मधेस गठबन्धन का तर्फबाट सिके रावतले हस्ताक्षर गरेका थिए ।

११ बुधे सहमतिमा सिके रावत समुहले पृथकतावादी आन्दोलन छोडेर संबिधान बमोजिम राजनीतिक गतिबिधि गर्ने उल्लेख गरेको थियो । स्वतन्त्र मधेस आन्दोलनको क्रममा लगाएका मुद्दा फिर्ता लिने सरकार तयार भएको छ भने घाइतेहरुलाई पनि सरकारले नै उपचाग गर्ने सहमति गरेको थियो ।

प्रकाशित समय २०७५ चैत ५ गते मंगलवार १२:५९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु