गृहपृष्ठ आगामी पुस १५ गते बाट श्रम स्वीकृति प्रदेशबाट हुने

आगामी पुस १५ गते बाट श्रम स्वीकृति प्रदेशबाट हुने

सरकारको  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी पुस १५ गते देखि बैदेशिक रोजगारीमा जाने कामदारलेलिनुपर्ने श्रम स्वीकृति प्रदेशबाट मिलाउने तयारि गरिरहेको छ ।

अब बैदेशिक रोजगारका लागि श्रम लिन काठमाडौंमा आउन नपर्ने भएको छ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा प्रदेशस्तरीय श्रम कार्यालयबाट बैदेशिक रोजगार इकाई गठन गरेर यो सेवा दिन लागेको जानकारी दिएको छ ।

मन्त्रालयले संघियताको मर्म अनुसार विदेशबाट बिदामा आएका नेपालि हरुको सेवा सुबिधाको लागि काठमाडौंबाट दिदै आएको श्रम स्वीकृति प्रदेशमा पुर्याउने निर्णय गरेको हो ।

अब विराटनगर, धनुषा, पोखरा, बुटवल, सुर्खेत र धनगढिका श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति लिन पाइने छ ।

हाल काठमाडौं बाट दैनिक ५ हजार भन्दा बढी कामदारले श्रम स्वीकृति लिदै आएका छन् ।

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु