गृहपृष्ठ डा.गोविन्द केसीले गरे १६ औॅ सत्याग्रहको घोषाणा

डा.गोविन्द केसीले गरे १६ औॅ सत्याग्रहको घोषाणा

काठमाडौं: त्रिभुवन शिक्षण अस्पतालका डा.गोविन्द केसीले १५ औॅ सत्याग्रहको क्रममा सरकारसँग भएको सम्झौता कार्यान्यन नभए यहि पुस २ गते देखि १६ औॅ सत्याग्रह गर्ने घोषाणा गरेका छन् । केसीले आज त्रिभुवन शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर यस्तो घोषाणा गरेका हुन् ।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार,बिधार्थीको योग्यताको आधारमा निशुल्क वा सस्तो शुल्कमा चिकित्सा वा स्वास्थ्य बिषय पढ्न पाउने आदि माग राखेर सत्याग्रह गर्दै आएका केसीले सरकार र आफूबीच १५ औॅ सत्याग्रह क्रममा भएको सम्झौता कार्यान्यन नभएपछी १६ औॅ सत्याग्रह गर्ने घोषणा गरेका हुन् ।

केसीले सरकारले आफु सँग भएको सम्झौता अनुसार ऐनको अध्यादेश जारी गरेको भएपनि संसदबाट ऐन जारी गर्ने बेला भ्रष्ट र माफिया हरुकाअनेक निहित स्वार्थ हावी हुदाँ ऐन जारी हुन नसकेको बताए ।

केसीले साउन महिनामा १५ औॅ सत्याग्रह टुंग्याउने क्रममा सरकारसँग भएको सम्झौता वुँदागत रुपमा मात्रै सीमित रहेको भन्दै दुई तिहाई वहुमतको सरकारले विना अवरोध पारित गर्नुपर्ने ए॓न मेडिकल माफियाको स्वर्था पुरा गर्ने नाजायज ढिला सुस्ती भईरहेको दावी गरीका छन् ।

केसीले अघि सारेका मागहरु
१. १५ औ सत्याग्रहको क्रममा २०७५ श्रावण १० गते नेपाल साकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।
क. सम्झौताबमोजिम अक्षरश: संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।
ख. गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिस बमोजिम बर्खास्त लगायतका कारबाही गरियोस । त्रि.वि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन सस्थानका खोसिएका अधिकारीहरु पुन: सो सस्थामा फिर्ता गरीयोस् ।
ग. सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुतगतिमा अगाडी बढाइयोस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरीयोस् ।

२. निर्मला पन्त को बलात्कार र हत्या मा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्धा चलाइयोस । साथै प्रमाण लोप गर्ने झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिहरु माथि गोलि चलाई हत्या अंगभंग व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस ।

३. नेपाल सरकारको निर्णयको उलंघन गरि काठमाडौं बिस्वविधालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारबाही गरीयोस् ।

पत्रकार सम्मेलनमा डा. केसी ले भ्रस्टाचार काण्डमा मुछिएका पूर्व न्यायाधीश गोपाल पराजुलीलाई कानुन अनुसार कारबाही गर्नुको साटो राष्टपति बाट विभूषित भएको र अहिलेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पराजुलीको कार्यकाल अबैध रुपमा २०७४ श्रावणको सट्टा चैत १ गते सम्म बनाउने निर्णय प्रति कडा आक्रोस व्यक्त गरेका छन ।

प्रधानमन्त्री ओलीले लगाउने गरेको भ्रस्टाचार प्रति शुन्य संबेदनशीलताको नारा एउटा मजाको बिषय बनेको भन्दै अहिले भ्रस्टाचार राज्यका सबै अंगमाथि क्यान्सर झैँ फैलिएको केसीको दावी छ ।

मङ्सिर १०, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर १० गते सोमवार १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु