गृहपृष्ठ काँङ्ग्रेसमा दुईपक्ष बीचको बिवादका कारण महासमिति बैठक अनिश्चित

काँङ्ग्रेसमा दुईपक्ष बीचको बिवादका कारण महासमिति बैठक अनिश्चित

प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेस भित्रको विबाद झन्झन् चर्कँदै

काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेस भित्रको विबाद झन्झन् चर्कँदै गएको छ । राजनीतिक प्रतिबेदन र विधान टुङ्गो लगाउने भनि शुक्रबारका लागि बोलाईको काँङग्रेसको केन्द्रीय समितिको बैठक बस्नै सकेन ।

पदाधिकारी संख्या छनोट प्रक्रिया, संसदीय समिति, सदस्यता बितरण लगायतका अन्य सात वटा विषयमा सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको जनाइएको छ ।

केन्द्रीय समितिबाट राजनीतिक प्रतिबेदन र बिधानको टुङ्गो लाग्न नसकेपछि भोलिदेखि हुने भनिएको महासमिति बैठक अनिश्चित जस्तै बनेको छ । दिनैभरी देउवा र पौडेल पक्षका भिन्नाभिन्नै बैठक चलिरहेता पनि विवादका विषयमा सहमति जुट्न सकेन ।

nepali congress

चार दस्तावेज केन्द्रीय समितिबाट पारित भएर महासमिति बैठकमा पेश गर्ने भनिएपनि बैठक नै बस्न नसक्दा उक्त विषय अन्योलमा परेको छ ।

शनिबारदेखि सुरु हुने भनिएको महासमिति बैठकमा सहभागी हुन देश विदेशबाट सदस्यहरू काठमाडौँ आइसकेको र बैठकमा सहभागी हुनेहरूले शुक्रबार नाम पनि दर्ता गराईसकेको अवस्थामा बैठक नै होला कि नहोला भन्ने अन्यौल बढ्दै गएको हो ।

बिहीबारको बैठकमा दुई पक्षबीचमा भएको चर्काचर्कीको असर शुक्रबार पनि परेको देखियो । त्यसैले गर्दा उनीहरूबीच आज बसेर प्रतिबेदनमा सहमति खोज्ने प्रयास सफल हुन सकेन । महासमिति बैठकमा प्रतिनिधि र पर्यवेक्षक १ हजार ६ सयको सहभागीता रहने छ ।

मङ्सिर २८, २०७५ मा प्रकाशित

हाम्रो भिडियो हेर्नुहोस् 

प्रकाशित समय २०७५ मंसिर २८ गते शुक्रवार १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु