गृहपृष्ठ नेकपाकै नेताले भने, “मन्त्री परिषद् पुनर्गठन गर्नुपर्छ”

नेकपाकै नेताले भने, “मन्त्री परिषद् पुनर्गठन गर्नुपर्छ”

 केपी ओली नेतृत्वको सरकारले जनहितमा काम गर्न नसकिरहेको अवस्थामा पार्टीभित्रैबाटै मन्त्री परिषद् पुनर्गठनको आवाज उब्जिन थालेको छ । राजधानीको धुम्बाराही स्थित पार्टीको केन्द्रीय कार्यालयमा चलिरहेको पार्टीको स्थायी समिति बैठकमा बुधबार बोल्ने अधिकांश सदस्यले मन्त्री मात्रै होइन प्रधानमन्त्रीका सल्लाहाकारहरूमा समेत हेरफेर गर्नुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बोल्दै रघुजी पन्तले प्रधानमन्त्री आफैँले पनि सरकारको मुल्याङ्कन गर्ने बेला आएको र आवश्यक पर्ने मन्त्रीदेखि सल्लाहाकारहरू समेत हेरफेर गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनले सरकारको कमीकमजोरी भएको औँल्याए पनि प्रधानमन्त्रीलाई पार्टीको अध्यक्षबाट हटाउने र कमजोर बनाउने खेल खेल्न नहुने भन्दै प्रधानमन्त्रीको बचाउ पनि गरेका छन् ।

यस अघि पनि सत्तारुढ दलका नेताहरूले सार्वजानिक रूपमै सरकारको कामकारबाहीका विषयमा प्रश्न उठाउँदै आएका थिए । अध्यक्षद्वयले स्थायी समिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमाथी आफ्नो धारणा राख्ने अधिकांश नेताले सरकारको आलोचना गर्दै सरकारका मन्त्रीहरू नै फेर्नुपर्ने माग गरेका थिए । अघिल्ला दिनमा आफ्नो धारणा राख्ने सदस्यहरूले समेत सरकारको कामकारबाहीप्रति चर्को असन्तुष्टि जनाएका थिए ।

धारणा राख्ने धेरैजसो नेताले सरकार र पार्टीका बीचमा कुरा नमिलेको पार्टीभित्र गुटबन्दी भएको भन्दै प्रतिबेदन सच्याउन पनि माग गरेका छन् । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका महाप्रबन्धक दिगम्बर झादेखि काठमाडौँमा सम्पन्न एसिया प्यासेफिक सम्मेलनको विषय पनि जोडतोडका साथ उठाइएको थियो ।

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार १२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु