गृहपृष्ठ बैठक लम्बिदै गएपछि कांग्रेस महासमितिको बैठक केन्द्रीय कार्यालयमा सर्यो

बैठक लम्बिदै गएपछि कांग्रेस महासमितिको बैठक केन्द्रीय कार्यालयमा सर्यो

बैठक लम्बिदै गएपछि नेपाली कांग्रेस महासमितिको बैठक केन्द्रीय कार्यालयमा सरेको छ मंगलबार नै सकिने अपेक्षा गरिएको नेपाली काँग्रेसको महासमितिको बैठक अझै केही दिन लम्बिने देखिएको छ ।

बैठक लम्बिने भएपछि पार्टी प्यालेसमा संचालन भइरहेको बैठक बिहीबारदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा संशोधित विधानको मस्यौदा पेस हुन नसकेपछि बैठक लम्बिने निश्चित भएको हो ।

बुधबार पेस हुने अपेक्षा गरिए पनि शीर्ष नेताहरूका बीचमा सहमति नजुटेकै कारण मस्यौदा बुधबार बैठकमा पेस हुन नसकेको जनाइएको छ । त्यसैको प्रभावले गर्दा शनिबारदेखि सुरु बैठक अझै कम्तीमा २ दिन लम्बिने सम्भावना रहेको छ । बुधबारसम्म बैठक सिंहदरबार अगाडिको एक पार्टीप्यालेसमा चल्दै आएको थियो ।

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु