गृहपृष्ठ ओलीलाई बोहाराको प्रश्न: राष्ट्रपतिलाई करोडौको गाडि र हेलिकप्टर किन चाहिएको हो ?

ओलीलाई बोहाराको प्रश्न: राष्ट्रपतिलाई करोडौको गाडि र हेलिकप्टर किन चाहिएको हो ?

 बिगत ६ दिनदेखि जारी नेकपाको स्थायी समिति बैठकमा नेताहरूले बोल्नेक्रम जारी छ । अहिलेसम्म बोल्ने धेरै सदस्यले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डको पनि आलोचना गरेका छन् । केही मत ओली र सरकारको पक्षमा पनि आएका छन् ।

बिहीबारको बैठकमा आफ्नो भनाई राख्दै नेता अमृतकुमार बोहराले राष्ट्रपतिलाई अहिले नै हेलिकप्टर किन चाहियो ? भनेर प्रधानमन्त्री ओलीलाई प्रश्न तेस्र्याए । आफ्नो धारणा राख्ने क्रममा उनले बजेट ल्याएदेखि नै सरकारका बोरमा सकारात्मक प्रतिक्रिया नपाइएको बताएका छन् । त्यसपछि पनि लगातार एकपछि अर्को गलत काम हुँदै गएकाले जनतामा अविश्वास पैदा भएको उनले बताए । दिगम्बर झा जस्तो भ्रष्ट व्यक्तिलाई नेपाल दुरसञ्चारको महाप्रबन्धकमा नियुक्त गरेको हुनाले सरकारको भ्रष्ट्राचार बिरुद्धको अभियानप्रति जनतामा विश्वशनीय आधार नभएको उनले बताए ।

त्यसैगरी राष्ट्रपतिलाई बिबादमा तान्ने काम पनि सरकारबाटै भएको उनले आरोप लगाएका छन् । अहिले नै राष्ट्रपतिलाई करोडौँका गाडि र हेलिकप्टर किन चाहियो ? भनेर प्रश्न गरेका छन् । त्यसैगरी उनले एसिया प्यासेफिक सम्मेलनमा सहभागी भएर सरकारले गल्ती गरेको भन्दै त्यसप्रति आत्मालोचना गर्नुपर्ने पनि बताएका छन् ।

प्रकाशित समय २०७५ पुस ७ गते शनिवार १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु