गृहपृष्ठ सार्वजानिक सवारीमा लुटपाट गर्ने ७७ जना प्रहरीको फन्दामा

सार्वजानिक सवारीमा लुटपाट गर्ने ७७ जना प्रहरीको फन्दामा

काठमाडौँका बिभिन्न रुटमा चल्ने सवारी साधन सर्च गर्ने क्रममा महानगरीय प्रहरी परिसर काठमाडौँले ७७ जना पकेटमारलाई पक्राउ गरेको छ । बिभिन्न ठाउँबाट पक्राउ परेका उनीहरू सबैलाई बुधबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो ।

पक्राउ पर्नेमा बच्चाकी आमा सहित ४ जना महिला पनि रहेका छन् । उनीहरू सावारी साधनमा मात्रै लुटपाट गर्ने नभई बिभिन्न सार्वजानिक स्थल, घर तथा आवासीय क्षेत्रमा समेत लुटपाटमा संलग्न रहेको भेटिएको छ । सादा पोशाकका प्रहरीले बिभिन्न सवारी साधनमा सर्च गर्ने क्रममा उनीहरूलाई पक्रिएको हो ।

पक्राउ परेका सबैलाई चोरी अन्तरगतका कानुनी कारबाही पक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट फेला परेको ५ लाख ९६ हजार नगद प्रहरीले सम्बन्धित व्यक्तिहरूलाई बुझाइसकेको छ । त्यसैगरी उनीहरूकै साथबाट ३९ थान मोबाइल, ४ थान आइप्याड, ५ थान ल्यापटप, गरगहना र केही घरेलु हतियार पनि प्रहरीले बरामद गरेको छ ।

सर्व साधारणलाई ठग्ने क्रममा उनीहरूले २-२ जनाको दरले ६ जनाको समूह बनाई सार्वजानिक गाडीमा यात्रा गर्नेहरूसँग नगद, गरगहना लुटपाट गर्ने गरेका थिए । उनीहरूले चोरीका क्रममा बिभिन्न कोड प्रयोग गर्ने गरेको पाइएको छ । जसअनुसार मोबाइलाई ‘कान’, पैसालाई ‘द’, पीडितलाई ‘रामे’, पाकेटमारी गर्नेलाई ‘मास्टर वा कासी’, पैसा धेरै भएको समयलाई ‘टानको द’, र पैसा थोरै हुँदाको अवस्थालाई ‘जुटेको द’ जस्ता सांकेतिक कोड प्रयोग गर्ने गरेको पाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले गएको मंसीर १५ गतेदेखि बिभिन्न सवारी साधनमा सर्च अभियान चलाएको थियो ।

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार १९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु