गृहपृष्ठ श्रेया सुनारका हत्यारालाई आजीवन कैदको फैसला

श्रेया सुनारका हत्यारालाई आजीवन कैदको फैसला

गत असोज ८ गते बलात्कार पछि हत्या गरिएकी १० वर्षीया बालिका श्रेया सुनारको हत्यारा कुसुम पौडेललाई जिल्ला अदालत कास्कीले आजीवन कैदको फैसला सुनाएको छ ।

न्यायाधिश योगेन्दप्रसाद शाहको एकल इजलासले बुधबार उक्त फैसला सुनाएको हो । स्याङ्जा स्थायी घर भइ पोखराको कोदीमा बस्ने २७ वर्षीय पौडेललाई अदालतले आजीवन कैदमा राख्ने आदेश दिएको हो ।

गत असोज ८ गते विद्यालयबाट फर्कने बित्तिक्कै खाजा लिन पसल जाँदै गरेकी श्रेयालाई मादक पदार्थको नसामा पौडेलले बलात्कार पछि ढुङ्गाले हानी हत्या गरेका थिए ।

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार २२:१० बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु