गृहपृष्ठ सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन भएको छैन डा केसी

सरकारसँग विगतमा भएको सम्झौता कार्यान्वयन भएको छैन डा केसी

काठमाडौँ: त्रिभुवन शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले १५ औॅ सत्याग्रहको क्रममा सरकारसँग भएको सम्झौता कार्यान्यन नभएको बताएका छन् ।  आइतबार पत्रकार सम्मेलन गरेर केसीले उक्त कुरा बताएका हुन् ।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार,बिधार्थीको योग्यताको आधारमा निशुल्क वा सस्तो शुल्कमा चिकित्सा वा स्वास्थ्य बिषय पढ्न पाउने आदि माग राखेर सत्याग्रह गर्दै आएका केसीले सरकार र आफूबीच १५ औॅ सत्याग्रह क्रममा भएको सम्झौता कार्यान्यन नभएपछी १६ औॅ सत्याग्रह गर्ने घोषणा गरेका हुन् ।

केसीले सरकारले आफु सँग भएको सम्झौता अनुसार ऐनको अध्यादेश जारी गरेको भएपनि संसदबाट ऐन जारी गर्ने बेला भ्रष्ट र माफिया हरुकाअनेक निहित स्वार्थ हावी हुदाँ ऐन जारी हुन नसकेको बताए ।

पत्रकार सम्मेलनमा केसीले कैलालीमा बनाउँदै गरेका गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार चित्तबुझ्दो रहेको बताएका छन् ।

मङ्सिर १०, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर १७ गते सोमवार १०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु