गृहपृष्ठ सप्तरीमा नहरमा डुबेर एक युवकको मृत्यु

सप्तरीमा नहरमा डुबेर एक युवकको मृत्यु

सप्तरी: सप्तरीमा नहरमा डुबेर एक युवकको ज्यान गएको छ । जिल्लाको डाकनेश्वरी नगरपालिका -३ मा माछा मार्न गएका एक युवकको नहरमा डुबेर ज्यान गएको हो ।

घर नजिकै रहेको पश्चिमी नहरमा माछा मार्न गएका २५ बर्षिया रामबाबु मुखियाको पानीमा डुबेर मृत्य भएको प्रहरीले बताएको छ ।

मृत अवस्थामा भेटिएका मुखियाको शव परिक्षणका लागी राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

मङ्सिर १०, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर १७ गते सोमवार १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु