गृहपृष्ठ ‘निर्मला प्रकरण’ सार्बजनिक गर्न लागेको आरोपितहरू घटना हुदा थुनामा रहेको खुलासा

‘निर्मला प्रकरण’ सार्बजनिक गर्न लागेको आरोपितहरू घटना हुदा थुनामा रहेको खुलासा

कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछी हत्या घटनामा दोषी भनि सरकारले सार्बजनिक गर्न लागिरहेका आरोपितहरू घटना हुदा थुनामा रहेको खुलासा भएको छ ।

निर्मला पन्त घटनामा अनुसंधानको दायरामा रहेका बिशाल चौधरी र प्रदीव रावल घटना भएकै दिन पक्राउ परेको खुलेको छ । अनुसन्धानका लागि काठमाडौँ पुर्याएका विशाल चौधरी र प्रदीव रावल कुखुरा चोरेको आरोपमा घटना भएकै दिन साउन १० गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साउन ९ गते राति भीमदत्त नगरपालिका १८ भगतपुरको एक पसलबाट कुखुरा चोरीको आरोपमा साउन १० गते बिहान १० बजे प्रदीवलाई पक्राउ गरिएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कंचनपुरका एसपी कुवेर कडायातले बताए ।

श्रावन १० गते साथीको घरमा गएकी निर्मला पन्तको ११ गते शब फेला परेको थियो । निर्मला हत्याकाण्ड अनुसन्धान गर्न बनेका धेरै छानबिन समितिले समेत घटनाको अपराधि पत्ता लगाउन सकेको छैन । यसै घटनामा प्रहरी संगठन बाट चरम लापरबाही गरेको आरोपमा कंचनपुरका तत्कालीन एसपी डिल्लीराज विस्ट र इन्सपेक्टर जगदीश भट्टलाई गृह मन्त्रालयले केहि समय अघि बर्खास्त गरेको छ ।

nirmala panta

मङ्सिर २४, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २४ गते सोमवार ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु