गृहपृष्ठ मोरङमा जताभाबी कर लगाएपछि गाँउपलिकाविरुद्ध मुद्दा दर्ता

मोरङमा जताभाबी कर लगाएपछि गाँउपलिकाविरुद्ध मुद्दा दर्ता

बिराटनगर: मोरङमा जताभाबी कर लगाएपछि गाँउपलिकाविरुद्ध मुद्दा दर्ता भएको छ । मोरङको बुढीगंगा गाँउपालिकाले विभिन्न शीर्षकमा नियम विपरीद बढी कर असुल गरको भन्दै मुद्दा दर्ता भएको हो ।
मोरङ व्यापारी संघले गाँउपलिकाविरुद्ध उक्त मुद्दा दर्ता गराएको हो । गाउपालिका बिरुद्द उच्च अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।
संघीय सरकार र स्थानीय सराकारले दोहोरो कर लगाई उधोग व्यावसायीहरुको मनोबल गिराउने र उधोग व्यवसाय नै धाराशायी बनाउने खेलमा लागेको भन्दै उद्योग व्यापारीहरुले आप्पति समेत व्यक्त गरेका छन् ।

गाँउपलिकाले ठुला उधोगहरुलाइ ५ लाख, मझौलालाई ३ लाख र साना उधोगलाई १ लाख कर निर्धारण गरेको संघले बताएको छ ।

संघीय, प्रदेश र स्थानीय सरकारले एउटै बस्तुमा पटक पटक कानुन नै नबनाई दोहोरो कर असुली गर्नु संविधान विपरीत रहेको संघले निबेधनमा उल्लेख छ ।
मङ्सिर २७, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २७ गते बिहीवार १५:४० बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु