गृहपृष्ठ रुकुममा कार्यालय सहयोगीले कुटे गाउपालिका अध्यक्षलाई

रुकुममा कार्यालय सहयोगीले कुटे गाउपालिका अध्यक्षलाई

रुकुम: रुकुम पश्चिममा कार्यालय सहयोगीले गाउपालिका अध्यक्षलाई कुटपिट गरेका छन् । रुकुमको बाफिकोट गाउपलिका का अध्यक्ष धर्म बहादुर केसीलाई गाउपालिका कै कार्यालय सहयोगी रेमन बिक ले कुटपिट गरेका हुन् ।

केसीलाई कुटपिट गरेको आरोपमा कार्यालय सहयोगी सहित तीन जनालाई प्रकाउ गरिएको प्रहरीले बताएको छ । प्रकाउ पर्नेमा अन्य दुई जना सोहि ठाउ निबासी चम्मन बिक र रामबहादुर बिक रहेको प्रहरीले बताएको छ ।

उनीहरुले मंगलबार राति अध्यक्ष केसी सुतिरहेको अबस्थामा ढुंगाले हानेर आक्रमण गरेका थिए । आक्रमण बाट गाउपालिका अध्यक्ष केसीको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ ।

मदिरा सेबन गरेर केसीको घरबाहिर राखिएका भाडाकुडा तोडफोड गर्न थालेपछि बाहिर निस्किदा आक्रमण गरेको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिएका छन् ।

प्रकाउ परेका उनीहरु बिरुद्द मुद्दा लगाउने तयारी भैरहेको प्रहरीले बताएको छ ।

मङ्सिर २७, २०७५ मा प्रकाशित

भिडियो हेर्नुहोस् 

 

प्रकाशित समय २०७५ मंसिर २७ गते बिहीवार १७:५१ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु