गृहपृष्ठ भक्तपुरमा मोबाइल चोरेको आरोपमा ४ जना प्रकाउ

भक्तपुरमा मोबाइल चोरेको आरोपमा ४ जना प्रकाउ

भक्तपुर: भक्तपुरमा मोबाइल चोरेको आरोपमा ४ जना प्रकाउ परेका छन् । भक्तपुर नगरपालिका च्यामासिंह बस्ने माधव थोकरको मोबाइल चोरि गरेको आरोपमा प्रकाउ उनीहरु परेका हुन् ।

पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालीका ८ जगाती बस्ने मोबाइल पसलका संचालक ३० बर्षीय प्रेमकुमार श्रेष्ठ, मोरङ भोगटेनी गाउँपालिका ८ फडानीका १८ बर्षिय पूर्णबहादुर गदाल, भक्तपुर सुर्यविनायक नगरपालिका ७ का २५ बर्षिय सुसन नागा र काभ्रे पनौती ७ बस्ने १९ बर्षिय सुबेस धुसा रहेको प्रहरीले बताएको छ ।

उनीहरुलाई असोज २१ चार्जमा राखेको मोबाइल हराएको भनि महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएको उजुरीको आधारमा खोतलास गर्ने क्रममा प्रेम कुमारको मोबाइल पसलमा हराएको मोबाइल फेला परेपछि प्रकाउ गरिएको प्रहरीले बताएको छ ।

मङ्सिर २८, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर २८ गते शुक्रवार ०४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु