गृहपृष्ठ “दाङ्गमा बस दुर्घटना” घाइतेहरुलाई काठमाडौं लगियो

“दाङ्गमा बस दुर्घटना” घाइतेहरुलाई काठमाडौं लगियो

दाङमा शुक्रबार साँझ भएको दुर्घटनाका घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार अब दाङ दुर्घटनाक घाइतेमध्ये नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्जमा दुईजना घाइतेको उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएका १५ जनालाई उपचारका लागि नेपालगञ्ज ल्याइएकोमा एकजनाको उपचारकाक्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन गरी फर्कंदै गर्दा तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर–३, राम्रीमा शुक्रबार साँझ बस दुर्घटना भएको थियो ।

प्रकाशित समय २०७५ पुस ७ गते शनिवार १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु