गृहपृष्ठ राज्यबाट हेपिएका गाईपालक किसान

राज्यबाट हेपिएका गाईपालक किसान

कल कलाउदो उमेर केही गर्ने जोस र जागर 2055 सालतिर पैसाकमाउने रहरैरहरले भारतको चन्डिगढ तिर 15 बर्षे उमेरमा घरबाट हिडे। चण्डिगढ पुगे चण्डिगढमा केहि समय काम गरे श्याऊको बगैचामा। उनलाई सोचे जति आर्थिक कमाई भएन, त्यसपछि उनी भारतको पंन्जाब तिर हानिए । पंन्जाबमा बस्दा उनी गाई फार्ममा काम गरे र केहि अनुभब लिएर स्वदेश फर्किए।

दुईबर्षको बसाईपछि 2058 सालतिर दुईचारपैसा कमाएर घर फर्किए। घरको आर्थिक अवस्था कमजोर तै पनि आफ्नै गाऊघरमाकेहि गर्ने उद्देश्यले घर पर्किए तर उपयुर्त्त बाताबरण नभेटीएपछि पहाडबाट बसाईसराई गरि साबिकको हेकुली गाविस वडा न 3 रावतगाऊ हालको दँगीशरणा-3रावगाऊमा बसोबास गर्दैआएका छन।

एकश्रीमती,एक छोरा र एक छोरीका बावु प्रेम शर्मा हाल सबै परिवार गाईपाल गर्दै बस्तै आएका छन। यो भन्दा अगाडि उनी खाडीमुलुक कतार पनि पुगे र  केहि बर्षको कतारकाम गरे तर सोचे जतिकमाऊना सकेनन । छ बर्षको लामो बसाईपछिघर पर्किए, त्यो बिदेशी भुमि 55डिग्रिकी त्यो तातो घाम अझै ताजै छ उनको मानष पटलमा। बिदेशिमुलुकमा आठ घन्टाकाम गर्दा जम्मा 1200सय मुस्किलले बचाउथे, समय बित्तैजादा यति धेरै मेहनतका साथ काम स्वदेशमै गरे किन 1200 सयभन्दा धेरै कमाउना नसकिएलार भन्ने सोच आयो उनको मनमा र गाई पालन पेशा नै रोजे ।

आफ्नो तर्फबाट सानो भएपनि देशको सेवा गर्ना सकेको बताउने प्रेम बहादुर शर्मा । हाल महिनामा सबै खर्च कटाएर महिनाको रू. 80,000 असिहजार पैसा कमाउछन । शुरूमा उनीले एउटा गाईकिनेर गाईपालन व्याबसाय शुरू गरेका थिए हाल उनी सँग 15 वटा दुध दिनेगाई सहित बाच्छा सहित छन। 13 बर्ष भैई सक्यो गाईपालन पेशा शुरुगरेको तर अहिले सम्ममा कुनै पनि सरकारी निकायको नजर उनी सम्म पुगेको छैन। गाईपालक किसानले केहि राहात राज्य र सरोकार वालाबाट कुनै सेवा सुबिधा पाईन्छ कि भन्दै कृषि कार्यलय अन्तर्गतको जिल्ला पशुसेवा कार्यलयमा 2072सालमा दर्ता पनि गरे। उनीले बताऊछन म भन्दा अगाडि ब्याबसायिक रुपले पशुपालन गर्ने किसान दाङजिल्लामै थिएन । म पहिलो हुँ,  तर के गर्नुर ? प्रेम राज्यको तर्फबाट पाउने सेवा सुबिधा अहिले सम्मा कुनै प्रकारको नपाएको बताउने प्रेम शर्मा भारी दुखीत हुन्छन।

सरकारले धेरैबर्ष भईसक्यो व्याबसायिक रूपमा गाईपालन गरेका किसानलाई अनुदान बाँडदै हिडिको तर उनी बेखबर नै छन ।नत गाऊपालीका ले नै दियो न सरकारि अरु निकाएले नै मलाई हेरे उनी मन भरिपिर देखाई दुखेशो पोखछन। स्थानीय सरकारले बजेट बिनियोजन गर्दानै पसुपालन किसानको लागि कुनै बजेट विनियोजन नगरेको। र हामीजस्ता किसानलाई उपेक्षागरेको भन्छन ।शर्मा, स्थानिय स्तरमा गाईपालन किसानको लागि उत्साहित र प्रोत्साहनका कुनै कार्यक्रम नै नल्याको भारी गुनासो छ उनको । कमसेकम

(1 ) गाईखोर सुधार कार्यक्रम,

(2) गाई पालको लागि थोरै भए पनि अनुदान कार्यक्रम

(3)गाईकोलागि औषधिमा अनुदान जस्ता कार्यक्रम

ल्याएको भ ए हामीलाई केहिनाकेही राहात हून्थ्यो कि? प्रेम भन्दछन कि हामी जनतालाई ताजा दुध दिन्छौ। सानो परिमाणमा भएनि आयातमा दुध घटाउछौ र नियात हुनाबाट रोक्छौ। यो पनि त सम्बृदिको एक ईटृटा हुना सक्छ? उनी उल्टै प्रश्ना गर्छन। यो दुईतिहाई सरकारको धेरै आशा थियो उनीलाई तर राज्यका आखाँ उनीकाँहा अहिले सम्म परेन दंगीशरण गाऊ पलिकाबाटै दुई वटा संघीय संसद त छन तर केही न हेरेको बताउ छन ।

नेपाल सरकारले बिभिन्नसमयमा बिभिन्नप्रकारका कृषकलाई अनुदानका कार्यक्रमको घोषणा त गर्छ तर अनुदान र राहातका सबै जसो क्षेत्रमा सहायता रकम कर्माचारीका आफन्तिहरू र अहिले झन जनप्रतिनिधिका आसेपासेले मात्रै पाउने सहिर र वास्तविक किसान ले नपाऊने जो ब्याबसायीक रूपमा साना साना आफ्नै लागानिमा कृषि पेशा ,गाईपालन, बिभिन्न थरिका कार्य वा काम गरेको छ उसलाई नदिईने पाईएको छ। यदि हामीलाई यो देशमा विकास र समबृद्बि ल्याऊने हो भने साना साना ब्याबसायीक रूपमा लागेका जुनसुकै पेशा, वर्ग ,समुहहरू र समुदायमुखी बजेट विनियोजन गरि सत्यतथ्य र वास्तवीक पेशाक्रमीलाई पहिचान गरि सहयोग गरे देश बिकासमा सानै भएपनि कोसेढुङ्गा हुने थियो कि ? 

प्रकाशित समय २०७५ फागुन २१ गते मंगलवार १५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु