गृहपृष्ठ सन्दीप लामिछानेले दोस्रो पटक आपिएल खेल्ने

सन्दीप लामिछानेले दोस्रो पटक आपिएल खेल्ने

दिल्ली: नेपाली बलर सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । इन्डियन प्रिमियर लिगको दिल्ली डेयरडेभिल्सले नेपाली युवा स्पिनर सन्दीप लामिछानेलाई नयाँ सिजनका लागि पनि आफ्नो टीममा छनोट गरेको हो ।

आगामी मार्च २३ बाट सुरु हुने १२औं सिजनको आइपिएलका लागि दिल्लीले सन्दीपलाई समाबेश गरेको हो । दिल्लीले गतबर्षका खेलाडी मध्ये १४ जनाको सम्झौता थप गरेको थियो त्यसमध्ये सन्दीप पनि एक हुन् ।

सन्दीप ले गत बर्ष भएको आइपीएलमा दिल्ली डेयरडेभिल्स टीम बाट पहिलो पटक आइपिएल खेलेका थिए । आइपीएस खेलेर उत्कृष्ट प्रदर्शन गरे संगै सन्दीप चर्चा बिस्व भरि बाट नै चुलिएको थियो ।

दिल्लीले सन्दीपसहित १४ खेलाडीलाई रिटेन गरेको छ । नयाँ खेलाडीको रुपमा शिखर धवनलाई ५ करोड २० लाख भारुमा भित्र्याएको छ । दिल्लीको टिमबाट गौतम गम्भीर,जसन रोए,गुरकिरत मन सिहं,ग्लेन म्याक्सवेल,मोहम्मद सामी,डयान क्रिष्टियन विजय शंकर,सायन घोष,लियाम प्लङकेट ,जुनियर डाला नमन ओझा भने बाहिरिएका छन्।

गत सिजन सन्दीपले दिल्लीको अन्तिम ३ खेलमा १२ ओभर बलिङ गरेर ५ विकेट लिएका थिए ।

कात्तिक २९, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ कात्तिक २९ गते बिहीवार १८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु