गृहपृष्ठ पाकिस्तानले पनि ‘पीएसएल’मा छनोट गर्यो सन्दीप लामिछानेलाई

पाकिस्तानले पनि ‘पीएसएल’मा छनोट गर्यो सन्दीप लामिछानेलाई

नेपाली युवा स्पिनर सन्दिप लामिछाने पाकिस्थान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । सन्दिपलाई आज पाकिस्थान सुपर लिग (पीएसएल) मा लाहोर क्वालान्डर्सले आफ्नो टीममा अनुबन्ध गरेको हो ।

पीएसएल गोल्ड क्याटेगोरी खेल खेलेको बाफत एक खेलाडीले ५० हजार देखि ७० हजार डलर लिदै आएका छन् । सन्दिपलाई क्वालान्डर्सले कति पैसामा अनुबन्ध गरेको हो भन्ने बारे खुलाएको छैन क्वालान्डर्स टिममा कार्लोस बाथवेट, एबी डे भिलियर्स, कोरी एन्डर्सन लगायतका खेलाडीहरु रहेका छन ।

गत वर्ष इन्डियन प्रिमियर लिग (आइपिसल) खेलमा छनोट परेका सन्दिप लामिछानेले उत्कृष्ट प्रदशन गरेपछि उनि व्यवसायिक रुपमा अन्तरास्ट्रिय स्तरका खेलाडी बन्न सफल भएका हुन् ।

सन्दिप हाल युएईमा हुने टी १० लिग खेलको लागी दुवईमा रहेका छन् ।

मङ्सिर ५, २०७५ मा प्रकाशित

प्रकाशित समय २०७५ मंसिर ५ गते बुधवार ०९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु