गृहपृष्ठ भैरहवा ग्याडिएटर्स इपिएलको क्वालिफायरमा प्रवेश

भैरहवा ग्याडिएटर्स इपिएलको क्वालिफायरमा प्रवेश

भैरहवा ग्याडिएटर्स एभरेष्ट प्रिमियर लिग (इपिएल) मा दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको छ ।

इपिएल क्रिकेटको इलिमिनेटर राउण्डमा चितवन टाइगर्सलाई चार विकेटले पराजित गर्दै दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो ।

१४० रनको चुनौती पछ्याउदै ब्याटिङ् गरेको भैरहवाले १८.२ ओभरमा ६ विकेटको क्षति बेहोर्दै लक्ष्य पुरा गरेको थियो ।

भैरहवा ग्याडिएटर्स बाट कुशल मल्ल र रोहितकुमार पौडेलले चार ओभरमा ५१ रन बनाएका थिए ।त्यस्तै  चितवन टाइगर्सले १८ रन हुदा पहिलो विकेटको रुपमा सन्दिप सुनारलाई चार रनमा गुमाएको थियो ।

 दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको भैरहवाले फाइनल प्रवेशको लागि काठमान्डौ किंग्स ११ संग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार ०६:३३ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु