गृहपृष्ठ ईपीएलको उपाधि ललितपुर प्याट्रिओट्सलाई

ईपीएलको उपाधि ललितपुर प्याट्रिओट्सलाई

एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि ललितपुर प्याट्रिओट्सले जितेको छ । शनिबार भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले उपाधि कब्जा गरेको हो।

ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५ रन बनायो। जवाफमा भैरहवाले पुरै ओभर खेल्दा १ सय ४१ रन मात्र बनाउन सक्यो।

उपाधि कब्जा गर्नेक्रममा ललितपुरका लागि विदेशी खेलाडी जयकिशन कोल्सावालाले सर्वाधिक ५७ रनको योगदान गरे।

भैरहवाका प्रदिप सिंह ऐरीले सर्वाधिक ३४ रन जोडे। त्यस्तै रविइन्दर सिंहले २९ रन बनाए । 

प्रकाशित समय २०७५ पुस ७ गते शनिवार १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु