गृहपृष्ठ दिनेश रोकायाको “साउदीको जेलमा छु” सार्वजनिक

दिनेश रोकायाको “साउदीको जेलमा छु” सार्वजनिक

गाएक दिनेश रोकायाको दोहोरि गीत “साउदीको जेलमा छु” सार्वजनिक भएको छ । म्युजिक नेपाल युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।


प्रदेशमा रहेका नेपाली युवायुवतीको कथामा समर्पित उक्त गीतमा चर्चित लोक दोहोरि गायीका पूर्णकला वि सीले आवाज दिएकी छिन भने गायकमा दिनेश रोकायाले आवाज भरेका छन् ।

अकलादेवी म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको उक्त गीतमा मिलन सिल्वालको शब्द रहेको छ भने चेतन गोतामेको संगीत रहेको छ ।

भिडियोमा बिदेशमा रहेर विभिन्न बाहानामा जेल भित्र कैदीको जीवन विताउन विवस नेपाली युवाहरुकोको यथार्थ पिडालाई जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।

निकै उत्कृष्ट बनेको भिडियोमा चर्चित मोडेल मन्जिता केसीले अभिनय गरेकी छिन भने उनलाई साथ दिएका छन् नव मोडेल प्रेम खड्काले, टंक केसीले छायांकन गरेको उक्त गीतको भिडियो मदन खड्काले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस् 

प्रकाशित समय २०७५ पुस ४ गते बुधवार १०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु