गृहपृष्ठ चलचित्र ‘गोपी’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘गोपी’ को ट्रेलर सार्वजनिक

दिपेन्द्र लामा द्वारा निर्देशित चलचित्र ‘गोपी’को ट्रेलर सार्बजनिक भएको छ । ओएसआर डिजिटल युटूब च्यानल बाट उक्त ट्रेलर सार्वजनिक गरिएको छ ।


माघ १८ गते देखि प्रदर्शनमा आउने भनिएको चलचित्र ‘गोपी’ मा बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, भोला सापकोटा, अंकीत खड्का, प्रकाश घिमिरे, रमेश अधिकारि, कुन्ती सिमाली, सरोज अर्याल, इन्द्रजित चौलागाई , केशव राई, गणेश मुनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

 सामाजिक कथामा आधारित चलचित्र ‘गोपी’  मा बेरोजगार युबाहरुको कथा ब्यथा समेटिएको छ ।
चलचित्रमा आफ्नो देश छोडेर बिदेशमा रगत पसिना बगाउनु भन्दा आफ्नै देशमा केहि गर्नुपर्छ, भन्ने  संदेश रहेको छ । 

चलचित्र ‘गोपि’ श्रीधर पौडेल र आरोही केसी ले निर्माण गरेका हुन् भने दिपेन्द्र लामाको निर्देशन तथा कथा रहेको छ ।

प्रकाशित समय २०७५ पुस ५ गते बिहीवार ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु