गृहपृष्ठ “लुट्न सके लुट कान्छा” गीतलाई टक्कर दिने आयो अर्को गीत

“लुट्न सके लुट कान्छा” गीतलाई टक्कर दिने आयो अर्को गीत

पछिल्लो समयमा गायक पशुपति शर्माको “लुट्न सके लुट कान्छा” नामक गीत भाइरल बनिरहेको अबस्थामा रामजी खाडको स्वरमा सजिएको गीत सुन नेपाली सार्बजनिक भएको छ ।

हिम सम्झौता डिजिटल युटुब च्यानल मार्फत बिहिबार उक्त गीत सार्बजनिक गरिएको हो । देशका खम्बा मानिने युवा शक्ति बिदेशमा पलायन होइन स्वदेशमा नै पसिना बगाउनु पर्छ भन्ने संदेश बोकेको उक्त गीत गाएक रामजी खाड र मुना पुन ले आवाज दिएका छन् ।

सर्जक मदन मुस्कान क्षेत्रीको शब्द/ संगीत रहेको उक्त गीत मुना पुन र पुण्य प्रसाद अधिकारीको सयुक्त लगानीमा बजारमा बजारमा आएको हो ।

गीतमा चर्चित मोडेल सारिका केसी र पुण्य प्रसाद अधिकारीले अभिनय गरेका छन् भने गीतको भिडियो निर्देशन धुर्ब पहाडीले गरेका छन् ।

बिदेश गयौ यदि दुख पाइनौ 

तर कहिले दुखले अघाइनौ 

सुन नेपाली बिदेशमा दासी भै बाच्नु भन्दा बरु आउ यहि गरौ कुटो कोदाली ……….

देशमा बढ्दै गैरहेको बेरोजगारको खातिर बिदेशमा पलायन हुन बाध्य हुने नेपाली युवाहरुलाई कठिन परिस्थितिका बाबजुत पनि आफ्नै देशमा केहि गरौ बिदेशमा बगाउने पसिना आफ्नै देशमा बगाउ भन्ने संदेश गीतले दिन खोजेको छ ।

केहि दिन अघि देशमा रहेको बिकृति विसंगति र कुशासनमाथि व्यंग्य प्रहार गर्दै गाएक पशुपति शर्माले बजारमा ल्याएको “लुट्न सके लुट कान्छा” गीत विवादमा आएको थियो बिबादमा आएपछि उक्त गीत युटुबबाट समेत हटाइएको थियो ।

नकारात्मक सोचलाई हटाई सकारात्मक विचारका साथ अगाडी बढी आफ्नै देशमा रगत पसिना बगाऊ बन्ने संदेश बोकेको हुनाले गीतलाई सबैले मन पराउनेमा आफुहरु ढुक्क रहेको गीत निर्माण पक्षले बताएको छ ।

भरखरै बजारमा आएको उक्त गीतलाई बजार ब्यबस्थापन हिम सम्झौता डिजिटल प्रालिले गरेको छ ।

प्रकाशित समय २०७५ फागुन ११ गते शनिवार ११:४५ बजे

प्रतिक्रिया दिनुहोस्

ट्रेन्डिङ्ग

Loading...

सम्बन्धित शीर्षकहरु